बेलायत पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने एक जना पक्राउ

डिसी नेपाल
३० भदौ २०७९ २१:३०
40
Shares

काठमाडौं । नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी रु १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी उक्त रकम ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई आज पक्राउ गरेको हो ।

पक्राउ कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद रु १३ लाख ४६ हजार लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा आज काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो । पक्राउ उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *