लक्ष्मी लघुवित्तद्धारा ग्राहकहरुलाई व्यवसायिक बंगुर पालन तालिम प्रदान
काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको टिकुलिगढ र नौ नम्बर तिलोत्तमा शाखाहरुमा आवद्ध ग्राहक सदस्यहरुलाई व्यवसायिक बंगुर पालन तालिम प्रदान गरेको छ। भाद्र २७ देखि ३० गतेसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ४७ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो।
तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमको माध्यमबाट कृषकहरुलाई आधुनिक कृषितर्फ डोर्याउन थप मद्धत पुग्ने साथै कृषकहरुको कृषि कार्य पद्धतिमा परिवर्तन हुँदै जाने बताए। तालिमको सहजीकरण तिलोत्तमा नगरपालिका अन्तर्गतका पशु प्राविधिकहरु राजु कुवर, त्रिविक्रम न्यौपाने र महेश गौतमहरुले गरेका थिए।
लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment