ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ।
बिहिबार प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले घटेर प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment