नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षिका उर्मिला देवीविरुद्ध आरोपपत्र दायर

डिसी नेपाल
३१ भदौ २०७९ १७:१०
80
Shares

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालय भेडिहरवा पर्साका तत्कालीन शिक्षका उर्मिला देवीविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नक्कली शैक्षिकसहितका प्रमाणपत्र पेस गरेर शिक्षक पदमा नियुक्ति लिएको आरोपमा उर्मिलाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

नक्कली प्रमाणपत्र र झुटा विवरण पेस गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

‘ने.रा. कन्या प्रा.वि., भेडिहरवा, पर्साका शिक्षक उर्मिला देवीको म्याट्रिक सर्टिफिकेट तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको र सोही प्रमाणपत्रका आधारमा शिक्षक पदमा करार नियुक्ति भई सरकारी लाभ लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उर्मिला देवीले ने.रा. कन्या प्रा.वि. भेडिहरवा, पर्सामा शिक्षक पदमा नियुक्ति लिनको लागि भारत बिहार विद्यालय परीक्षा समिति, पटनाबाट जारी भएको भनी झुट्टा विवरणको HS नक्कली लव्धांक पत्र तथा प्रव्रजन प्रमाणपत्र र तत्कालीन जिल्ला शिक्षा कार्यालय, पर्साबाट जारी भएको भनी झुट्टा अस्थायी अध्यापन अनुमति पत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिई मिति २०६६/११/०२ गतेदेखि २०६७/०३/२५ गतेसम्स उक्त विद्यालयमा हाजिर गरी अध्यापनसमेत गराएको पुष्टि हुन आएकोले तत्कालीन शिक्षक निज उर्मिला देवीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ प्रवक्ता भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *