मिटरब्याजी पीडितको आन्दोलनमा ई. केसीकाे ऐक्यवद्धता
काठमाडौं। बिगत केही दिनदेखि माइतीघरमण्डलमा आन्दोलनरत मिटरब्याज पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम जारी छ।
यसैक्रममा आज आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं-७ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ई.किरण केसीलगायत नागरिक समाजका अगुवाहरुले ऐक्यबद्धता जनाएका हुन्।
नेपालको राष्ट्रिय झण्डासहित माइतीघर अनसनस्थानमा पुगेर केसीले ऐक्यबद्धता जनाएका हुन् । उनी अनसनकर्तासँगै केहीबेर समस्यासमेत सुनेका थिए।
अष्ट्रेलियाबाट केही दिन अघि मात्र नेपाल आएर एयरपोर्टबाटै उम्मेदवारी घोषणा गरेका ई.केसीले मिटरब्याजी पीडितहरुको पक्षमा आफ्ना धारणा समेत राखे।
मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दै ई.केसीले उक्त समस्या उनीहरुको मात्रै नभएर पुरै नेपालीको समस्या भएको टिप्पणी गरे। यसको समाधान सरकारले तत्काल गर्नुपर्ने उनको भनाइ थियो उनले सरकारले माग पुरा नगरेर किसानहरुलाई दोस्रोपटक सडकमा आउन बाध्य पारेको भन्दै उनले भने,“राज्यलाई किसानको समस्या थाहा हुँदाहुँदै पनि मौन बसेको छ।” यसबारे सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment