संविधान दिवसकाे अवसरमा एमालेको वाकथन (फाटाेफिचर)

डिसी नेपाल
१ असोज २०७९ ९:४६
68
Shares

काठमाडौं। नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ। संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो। वाकथनको एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन्। उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन्।

उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट विहान ७ बजे हजारौं मानिसहरूको सहभागितामा पदयात्रा शुरू भएकाे थियाे।

संविधान दिवस पर्सि असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको हो । बिहान ६ बजेर ४५ मिनेटदेखि सुरु भएको कार्यक्रममा उल्लेख्य सहभागीता रहेको छ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान-२०७२’ जारी भएको हो। संविधान जारी भएको सातबर्ष पूरा भएको र यसबर्ष आठौं संविधान दिवस मनाइँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *