सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा ४ जना घाइते

डिसी नेपाल
१ असोज २०७९ १२:३१
52
Shares

काठमाडौं
सिन्धुपाल्चोकमा कार दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ७ बजे चौतारा साँगाचोकगढी–११ पोखरेस्थित चौतारा बन्देउ सडकखण्डमा कार बा ४ च ५६७७ नम्‍बरको कार आफैं अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको हो।

दुर्घटना हुँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए। उक्त कार काठमाडौंबाट सिन्धुपाल्चोकतर्फ जाँदै थियो।

ट्याक्सी खस्दा इन्द्रावति गाउँपालिका–२ का ४२ वर्षीय बसन्त गिरी, ३१ वर्षीया प्रतिमा गिरी, दोलखा भिमेश्वर नगरपालिका–२ का २८ वर्षीय सोनाम तामाङ र २२ वर्षीय राजेश तामाङ घाइते छन्। सोनाम र राजेशको अवस्था गम्भीर छ। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *