‘जन्मसिद्ध नागरिकलाई नागरिकता दिइन्छ भनेर ल्याएको भए हाम्रो सहयोग हुन्थ्यो’
नेकपा (एमालेका) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको बिहीबारको बैठकमा धारणा राख्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
‘काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको समस्या समाधान गर्न आफू प्रधानमन्त्री भएका बेला अध्यादेश ल्याएको बताएका छन्। प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै संसद नभएको बेलामा अध्यादेश ल्याउँदा मुद्दा हालेर रोक्न लगाएको आरोप लगाएका हुन्।
उनले भने, ‘संसद् नभएको बेलामा नागरिकको समस्या समाधान गर्न अध्यादेश ल्याएका थियौँ। संवैधानिक व्यवस्थाअनुसार गरेका थियौँ। तर मुद्दा हालेर रोक्न लगाइयो। जन्मसिद्ध नागरिकलाई नागरिकता दिइन्छ भनेर ल्याएको भए अहिले पनि दुई दिनमा पास गर्न सक्थ्यौँ।’
सरकारले नागरिकतालाई राजनीति विषय बनाउन खोजेको आरोप लगाए। ‘अहिले एमालेले नागरिकता रोक्यो भनेर सरकार पक्षले भ्रम फैलाउन खोज्यो। नागरिकताको विषयमा राजनीति किमार्थ राम्रो हुँदैन’ उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment