सेगवेले ल्यायो‘दशै तिहार सेगवेको साथ, उपहार ७’ अफर
काठमाडौँ। सेगवे नाइनवटका दुई प्रिमियम विद्युतीय स्कुटरको बिक्री गर्दै आएको आइ हब प्रालिले दशैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘दशै तिहार सेगवेको साथ, उपहार ७’ नामक स्कीम ल्याएको हो ।
यो स्किम अन्तर्गत कम्पनीका ग्राहकले सेगवेका कुनै पनि स्कुटर खरिद गरेमा स्मार्ट ब्यान्ड, १० हजार नगद छुट, एक वर्षको इन्स्योरेन्स र वार्षिक कर उपहारमा पाउन सक्नेछन्। यसका साथै लक्की ड्रमार्फत सेगवेका किक स्कुटर, स्मार्ट ब्यान्ड तथा स्मार्ट फोनहरु जित्न सकिने योजना लागु भएको हो। साथै, स्कीममा स्कुटर किन्नेले एक्सचेन्ज तथा फाइनान्स सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment