लुम्बिनी प्रदेशमा आत्महत्याका घटना बढ्दै, तीन वर्षमा करिब ४ हजारले ज्यान गुमाए
दाङ । लुम्बिनी प्रदेशमा आत्महत्याका घटना बढ्दै गएकाे छ। वितेको तीन वर्षमा १२ जिल्लाका करिब ४ हजारले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । आइतबार दाङमा आत्महत्या रोकथाम सम्वन्धी सचेतनामुलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङले प्रस्तुत गरेको तथ्यांक अनुसार लुम्बिनीमा तीन बर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपक्षक बीरबहादुर वलीले आर्थिक वर्ष २०७/०७७ मा लुम्बिनी प्रदेशमा १ हजार २ सय ३३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४ सय ८ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३ सय ४१ जना गरि कुल ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेको वलीले जानकारी दिए ।
आत्महत्याको बढ्दो संख्यालाई ध्यानमा राखेर गहन रुपमा अध्ययन अनुसन्धान अघि बढाईएको उनले बताए । खास कारण पहिचान गरि समस्या समाधानका लागि सबैलाई जागरुक बनाउने योजना रहेको उनको भनाई छ ।
प्रहरी अध्ययनका अनुसार आत्महत्या गर्नेमा महिला भन्दा पुरुष धेरै रहेका छन् । कुल आत्महत्या गर्ने संख्यामा १३ प्रतिशत भन्दामाथि पुरुष र ७ प्रतिशत भन्दामाथि महिला छन् । उमेरका हिसावले १५ देखि ४९ वर्षका बढी मानिसले आत्महत्या गर्ने गरेका छन् ।
मानसिक, यौनिक, शारिरीक यातना, सामाजिक, आर्थिक, वातावरणीय कारणले पनि आत्महत्या गर्ने गरेको प्रहरी उपरीक्ष वलीले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment