दशैं नजिकिँदै गर्दा खसी चोरको बिगबिगी, ४ जना पक्राउ

डिसी नेपाल
३ असोज २०७९ १२:४६
56
Shares

काठमाडौं । दसैं आउन करिब २ हप्ता बाँकी छ । नेपालीको घरघरमा दशैं नजिकिदै छ । दशैं नजिकिएसँगै चोरीका घटना बढ्न थालेको छ । सिन्धुलीमा जंगलमा चराउन लगेको खसी चोरी भएको छ । खसी चोरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका ८ का २१ वर्षीय सुरेन्द्र घलान, २७ वर्षीय रामबहादुर वाइबा र अर्का एक जना रहेका छन् । उनीहरुले कमलामाई नगरपालिका ५ सिलामेका शंकर श्रेष्ठको खसी चोरेर बजारमा ल्याई बिक्री गर्न लाग्दा प्रहरीले खसी र तीनजना चोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले चोरी गरेर सिन्धुलीमाडी बजारमा बिक्री गर्न लागेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । चार दिनअघि जंगलमा चराउन लगेको खसी हराएपछि श्रेष्ठले प्रहरीमा जाहेरी दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *