धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व होः पर्यटनमन्त्री श्रेष्ठ

डिसी नेपाल
३ असोज २०७९ १७:५८
24
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीनवराम श्रेष्ठले मुलुकको धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रमपछि मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकको बिकास नहुने बताए । उनले देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता रहेको जिकिर गरे । मन्त्री श्रेष्ठले नेपालको संस्कृति र सम्पदाहरुबाट पर्यटकहरुलाई आकर्षित गर्न सकिने धारणा पनि राखे ।

उनले पर्यटन क्षेत्रको बिकासका लागि सरकारले अघि सारेको अवधारणापत्रलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता जनाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *