यू-२३ फुटबल : नेपाल दोस्रो पटक थाइल्याण्डसँग पराजित
काठमाडौँ । ‘एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली आज त्यहाँको यू-२३ टोलसँग ४-० ले पराजित भएको छ। आज अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४-० गोलअन्तरले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।
नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा शुरु हुने एशिया र त्यसलगत्तै भदौ १९ बाट बङ्गलादेशमा शुरु हुने साफ च्याम्पियनसिपको तयारीका नेपाली फुटबल टोलीलाई थाइल्याण्ड पठाएको थियो। थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट यही साउन २९देखि हुने एशियन गेम्सका लागि इण्डोनेशियामा जानेछ।
यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १-० ले पराजित भएको थियो। बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो।
एशियन गेम्सको समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग खेल्नेछ। यस्तै दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूह चरणको अन्तिम खेल खेल्नेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment