सन्दिप लामिछानेलाई आज अदालतमा पेश गरिँदै, अनुसन्धानको लागि थप म्याद मागिने
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेलाई आज उपस्थित गराइँदैछ। अदालत विदाका कारण बन्द रहेकाले पक्राउ परेको ४ दिनपछि मात्र उनलाई आज अदालत उपस्थित गराइन लागिएको हो।
दशैं विदाका कारण बन्द रहेका अदालत आजदेखि मात्र खुलेका छन्। लामिछानेलाई पक्राउ गरेछि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। उनलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ।
अदालतमा पेश गरेर उनलाई अनुसन्धानको लागि हिरासतमा राख्नको लागि थप म्याद मागिनेछ। अहिलेसम्म उनलाई अदालत पेश गरेर अनुसन्धानको लागि म्याद लिइएको छैन।
उनी क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो । १७ वर्षकी एक किशोरीले उनीविरुद्ध गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी छिन्।
उजुरी परेको करिब १ महिनापछि सन्दिप बिहीबार नेपाल आएका थिए । सार्वजनिक रुपमा पूर्वसूचना दिएर नेपाल आएका उनलाई प्रहरीले विमानस्थलबाटै हिरासतमा लिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment