व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग
काठमाडौं । प्रसिद्ध व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग उक्त परिमाणको धरौटी माग गर्ने आदेश दिएको हो। अदालतको उपस्थितिका क्रममा बकपत्र गराएपछि न्यायाधीशद्वय बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सो आदेश जारी गरेको हो।
यसअघि पनि गत साउन १२ गते काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख गरी कुल एक करोड रुपैयाँ नै धरौटी माग गरेपछि उनी रिहा भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment