नेप्से ४.१५ अंकले बढ्यो
काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार बढेको छ। आज नेप्से ४.१५ अंकले बढेर १ हजार ८७०.६३ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२२ कम्पनीको २६ लाख ९८ हजार ३४७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ। यसको आज ३ करोड ४० लाखभन्दा बढीको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये हाइड्रोपावर बाहेक सबै उपसुचकमा हरियाली छाएको छ। आजको कारोबारमा अभियान लघुवित्त र रुरु जलबिद्युत परियोजनाका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, सिटिजन म्युचुअल फण्ड र एभरेष्ट बैंकण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment