एकै दिन ३८ अर्बले बढ्यो निक्षेप संकलन, सिडि रेसियो कति ?
काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन एकै दिन ३८ अर्बले बढेको छ। बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियो घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २६ असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। २५ असोजसम्म बैंकहरूको निक्षेप ५० खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो। एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३८ अर्बले बढेको हो ।
यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ३६ अर्बले बढेर ४५ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। २५ असोजसम्म वाणिज्य बैंकहरूको निक्षेप ४४ खर्ब ८१ अर्ब रुपैयाँ रहेको थियो।
बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह दुई अर्बले घटेर ४७ खर्ब २१ अर्बमा झरेको छ। २५ असोजसम्म बैंकहरुको कर्जा प्रवाह ४७ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। वाणिज्य बैंकहरूको कर्जा लगानी १ अर्बले घटेर ४१ खर्ब ८२ अर्ब रुपैयाँमा सीमित भएको छ।
बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.८० प्रतिशतले घटेर ८७.०१ प्रतिशत पुगेको छ। असोज २५ गते बैंकहरुको सीडी रेसियो ८७.८१ प्रतिशत रहेको थियो।







डिसी नेपाल







Facebook Comment