यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
३० असोज २०७९ ९:१३
364
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ०७ पैसा रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ १४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७३ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ८२ रुपैयाँ २७ पैसा रहेको छ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८८ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९२ रुपैयाँ ३८ पैसा ,बिक्रीमा ९२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ३६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ रुपैयाँ १५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा रहेको छ।

मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ९६ पैसा र बिक्रीदर २८ रुपैयाँ ०९ पैसा र दक्षिण कोरिया वनको १०० को खरिदमा ९ रुपैयाँ १७ पैसा र बिक्रीमा ९ रुपैयाँ २१ पैसा  रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.