एनसीसी बैंकले गर्यो लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौँ। नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकलेआफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्तापुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँको ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख ६४ हजार ५८२ रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment