बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश दिँदै, बोनस सेयर र नगद कति ?
काठमाडौँ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश गरी कुल २०.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंकले प्रस्तावित लाभांशमा हाल कायम चुक्तापुँजीको ६ प्रतिशतले हुन आउने २ अर्ब २२ करोड ५७ लाख २६ हजार ७५८.०८ रुपैयाँबराबरको बोनस सेयर र १४.९५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार ११३.७६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २८ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment