बढेन बैंकहरुको निक्षेपको ब्याजदर

डिसी नेपाल
३१ असोज २०७९ १०:१५
84
Shares

काठमाडौँ। वाणिज्य बैंकहरुले कात्तिक महिनामा पनि असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कात्तिक महिनाको लागि सार्वजनिक गरेको सूचना अनुसार बैंकले कात्तिक महिनामा पनि असोज महिनाको ब्याजदरलाई निरन्तरता दिने भएका हुन्।

कार्तिक महिनाको लागि कुनै पनि बैंकले निक्षेप तर्फको ब्याजदर बढाएका छैनन्। यसअघि असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए।

अहिले बैंकहरुले असोज महिनाको ब्याजदरलाई निरन्तरता दिँदै व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ९.१३ प्रतिशत ब्याजदर कायम रहेको छ। यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म ब्याजदर तोेकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् ।

ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको र लागतमात्रै बढेकोले बैंकहरुले कात्तिक महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.