अधुरा विकासका कामलाई पूरा गर्छौँः वरिष्ठ नेता पौडेल

डिसी नेपाल
१२ कार्तिक २०७९ २१:१५
16
Shares

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएका छन्। तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग आज आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विगतमा कांग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताए ।

“गत निर्वाचनमा नेकपा ९एमाले० ले चुनाव जितेपछि जिल्लाको विकास निर्माण अवरुद्ध भयो, कांग्रेसको नेतृत्वमा सुरु भएका योजनाले गति लिन सकेन”, पौडेलले भने, “विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो ।” गत निर्वाचनमा जनतामा भ्रम फैलिएका कारण आफूले चुनाव हारेको भन्दै पौडेलले यसपटक जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे । “अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको छ, कांग्रेसको नेतृत्वमा विकास सम्भव छ”, पौडेलले भने ।

मङ्सिर ४ गते हुने निर्वाचनका लागि पौडेलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । तिहार अगाडि एक चरणको घरदैलो सक्नुभएका पौडेलले शुक्रबार मात्रै पुनः गृह जिल्ला आएर घरदैलोलाई निरन्तरता दिएका छन्। पौडेलले शुक्रबार व्यास नगरपालिका–३ शान्तिनगरमा घरदैलो गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.