१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग
काठमाडौं। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए ।
आयोगका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो। मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पुर्याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गरिने भएको छ।
एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् ।
आयोगले स्वयंसेवक छनोट गरिसकेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment