एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणाली खर्चिलो र भड्किलो, सुधार आवश्यक (पूर्णपाठ)
काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक भएको छ। आज (सोमबार) केन्द्रीय कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा भनिएको छ, ‘यो मुलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्नसक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ। कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ।’
‘निर्वाचन प्रणालीमा सुधार अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत छ,’ घोषणापत्रमा भनिएको छ, ‘यो मूलतः धेरै पेसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ। यो जटिल पनि छ र कुने पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ। कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ।’
समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवं व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधी लगायतका सेवा क्षेत्रको विकास एवं विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने मुख्य आर्थिक कार्यभार अघि सारेको छ।
तर, कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल उपस्थित भएनन्। घोषणापत्र भने उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा. गंगालाल तुलाधरलगायतका नेताहरूले सार्वजनिक गरेका हुन्।







डिसी नेपाल








Facebook Comment