कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

डिसी नेपाल
१७ कार्तिक २०७९ १२:०१
68
Shares

काठमाडौँ। काठमाडौँको कोटेश्‍वर स्थित भाटभटेनी नजिकै हिजो साँझ मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन्।

बागमती प्रदेश–०२–०१६ प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुर गाईघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र २ वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो।

सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ। मोटरसाइकल सहित र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *