वडा सदस्यको निधनमा गाउँपालिकामा सार्वजनिक विदा

डिसी नेपाल
१८ कार्तिक २०७९ ९:४५
788
Shares

खोटाङ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वडा सदस्यको निधनमा सार्वजनिक विदा दिएको छ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको हो। दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति सुनसरीमा निधन भएको थियो।

नेपालीको निधनपछि बिहिबारको गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक विदा दिइएको गाउँपालिकाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *