जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाइ नै अगाडि
काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनामा जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाइ नै अगाडि देखिएका छन्।
सिके राउतले एक हजार २० मतले अगाडि हुँदा प्रतिश्पर्धी जनता समाजवादीका उपेन्द्र यादवले चार सय ५२ मत मात्रै ल्याएका छन्। राउतले सप्तरी २ मा अग्रता लिइरहदा उनका दाजु जयकान्त राउतले २३८ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसका रामदेव शाह तेलीले २१४ मतसहित पछ्याएका छन्।
यसैगरी, सुदूरपश्चिममा पक्कड जमाएका भनिएका रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिकी टीकालक्ष्मी चौधरी २०१ मतसहित तेस्रो स्थानमा छिन्।
विगतमा प्रभावशाली मानिएको जसपा सप्तरीका दुवै क्षेत्रमा दोस्रो र तेस्रो स्थानमा रहेर जनमत पार्टीलाई पछ्याइरहेका छन् । सप्तरी १ मा जसपाका नवलकिशोर शाहले १७८ मत प्राप्त गर्दै चौथो स्थानमा छन्।







डिसी नेपाल








Facebook Comment