अर्थमन्त्री शर्मालाई सुरुवाती अग्रता, चौथोपटक विजयी हासिल गर्ने दाउमा

डिसी नेपाल
६ मंसिर २०७९ १२:३४
512
Shares

सुर्खेत। शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका अर्थमन्त्री जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन्।

मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शर्माले पहिलो चरणमा गणना भएका ७३७ मतमध्ये ३५९ मत ल्याएका छन् । उनका उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्। शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन्।

२०६४ सालदेखि निरन्तर विजयी हासिल हुँदै आएका शर्मा यसपटक चौथो विजयको दौडमा छन्। राप्रपाका उम्मेदवार दिपककुमार मल्लले ७० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार तारक केसीले २७ र हरिबहादुर पुनले दुई मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.