मुगुमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शाही विजयी
मुगु । मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन् । उनी १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन्।
कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले)का राजबहादुर कार्कीले १० हजार सात सय आठ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । शाही र कार्कीबीच तीन हजार नौ सय ९४ मतान्तर रहेको छ । विजयी भएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत हुन् ।
त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका छन् । उनले छ हजार छ सय १८ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले पाँच हजार पाँच सय ४५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment