सुशासन र विकासबाट भ्रम छर्ने प्रवृतिकाे अन्त्य गर्ने : प्रचण्ड

डिसी नेपाल
१३ मंसिर २०७९ ११:४८

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकासबाट जनतामा भ्रम छर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताएका छन्।

ललितपुरको खुमलटारमा मंगलबार बिहान गोरखा–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा छर्ने गरिएको भ्रमलाई चिर्न सुशासन कायम गर्दै देशको विकास र समृद्धि गर्नुपर्नेमा जोड दिए।

गोरखाका जनताको भरोसा र विश्वासको बलमा आफूले राष्ट्रिय एकता र सुशासन कायम गर्दै देशको समृद्धि र विकास गर्न सकिने बताएका प्रचण्डले आगामी पाँच वर्षमा गोरखाली जनताले महसुस गर्नेगरी विकास गरिने प्रतिबद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *