प्रधानन्यायाधीश ३ बजे सर्वोच्च अदालत जाने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा आज दिउँसो ३ बजे सर्वोच्च अदालत जाने भएका छन् । प्रधानन्यायाधीशको पारिवारिक स्रोतले उनी ३ बजे अदालत जाने तयारी गरिरहेको जानकारी दिएका छन् ।
‘संसद सचिवालयले महाभियोग निष्क्रिय भएको पत्र दिएसँगै अब सबै कुरा सकियो’ प्रधानन्यायाधीशको परिवारका एक सदस्यले डिसीनेपालसँग भने ‘सफाइ पाइसकेपछि पनि यत्तिकै बस्ने कुरा हुँदैन । आजै (सर्वोच्च) जाने तयारी छ ।’
सर्वोच्च अदालतमा वकिलहरुले अवरोध गर्ने तयारी गरिरहेको विषयमा उनले भने ‘सम्बन्धित निकायले पत्र दिइसकेपछि पनि यसरी अवरुद्ध गर्नु गलत हो । सरकारले सुरक्षा दिएर भित्र जाने वातावरण बनाइदिनुपर्छ ।’
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment