तारा एयरको जहाजमा चरा ठोक्कियो
फाइल फाेटाे।
सुर्खेत। नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ। हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ।
दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment