प्रधानन्यायाधीश जबरालाई सर्वाेच्च प्रवेश गर्न नदिन धर्ना दिँदै बार
काठमाडौँ। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वाेच्च अदालत प्रवेशमा रोक लगाउने भएकाे छ।
संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि उनी सर्वाेच्च जान खोजिरहेका छन्। उनले बुधबार पनि सर्वाेच्च प्रवेश गर्ने तयारी गरेका थिए।
तर, बार आन्दोलनमा उत्रिएको थियो। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताए।
त्यसका लागि आज सर्वोच्चको गेटमा धर्ना दिइने उनले बताए । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताए ।
महाभियोग निस्क्रिय भएको भनेर लेखिएको पत्रविरुद्ध दायर रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment