१० वर्ष नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई ‘डिपोर्ट’

डिसी नेपाल
८ पुष २०७९ १७:२०
80
Shares

काठमाडौं ।  गृहमन्त्रालयले सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरेको छ । शुक्रबार  शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् ।

अध्यागमन विभागमा उनलाई बुझाएपछि गृहमन्त्रालयले १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने निर्णय गरेको हो । उनलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्न विमानस्थल लगिएको छ ।

विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई (बुधबार) जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो। ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए ।

उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *