सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

डिसी नेपाल
२७ साउन २०८३ २२:४०

काठमाडौं। प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजात तयार पारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा गौरीगञ्जका सन्दीप कार्की, अर्घाखाँचीकी सङ्गीता मगर र नुवाकोटकी अङ्किता नेपाल रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौं पुतलीसडकस्थित एक कन्सल्टेन्सीमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजात तयार पारेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले कन्सल्टेन्सीमा चेक जाँच गर्ने क्रममा विभिन्न नगरपालिका, गाउँपालिका, सहकारी संस्था तथा विद्यालयका कागजात, लेटरप्याड, छाप तथा दुई थान ल्यापटपलगायतका सामग्री फेला परेको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा आज काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *