विश्व साइकलयात्री महर्जनलाई साइकल हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली सङ्घले विश्व साइकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणका लागि साइकल हस्तान्तरण गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव एवं आइसिसी सदस्य प्रदीप न्यौपानेले आज संयुक्त रुपमा उनलाई साइकल हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा कार्यकारी अध्यक्ष थापाले सङ्घले नेपालको पर्यटन प्रवद्र्धनमा गरेका कार्यहरुबारे जानकारी गराइन् । महर्जनले ग्लोबल वार्मिङ क्याम्पेनका साथै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सन् २०१३ मा चीनको ग्रेटवालदेखि साइकल यात्रा सुरु गरेर हालसम्म १५ मुलुकमा यात्रा गरिसकेको बताइन् । उनले आगामी जनवरी १५ देखि एसियाका विभिन्न मुलुकका साथै युरोपको भ्रमण गर्न लागेको जानकारी गराइन् ।
कार्यक्रमका सभापति रोहित अग्रवालले नेपालको पर्यटन प्रवद्र्धनका साथै जलवायु परिवर्तनको मद्दा लिएर भम्रण आयोजना गर्न लागेकोप्रति केही सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै यात्राको शुभकामना व्यक्त गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment