नेप्से ५६.८६ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए मनग्य नाफा

डिसी नेपाल
१२ पुष २०७९ १५:२८
192
Shares

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९८३.०७ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६० अङ्कले बढेर ३८६.०५ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

आजको कारोबारमा यी कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पोज फाइनान्स, अजोड इन्स्योरेन्स र सिर्जनसिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशत,कालिका पावर कम्पनीको सेयर भाउ ९.९८ प्रतिशत, नेसनल लाइफ इन्स्योरेन्सको सेयर भाउ ९.८० प्रतिशत र तेह्रथुम पावर कम्पनीको सेयर भाउ ९.८५ प्रतिशतले बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.