महँगीदै सुन, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१३ पुष २०७९ १०:५६
668
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य महँगीदै गएको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ६ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कायम भएको छ।  चाँदी प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.