प्रि-ओपन सेसनमा नेप्से ७.८५ अंकले बढ्यो

डिसी नेपाल
१३ पुष २०७९ ११:२५
48
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ७.८५ अंकले बढेको छ। यससँगै सूचक १९९१.८० विन्दुमा आएको छ।

२८ कम्पनीको कुल ३ हजार ६८२ कित्ता सेयर खरिदबिक्री भएको र १३ लाख १३ हजार ६१२ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २२ कम्पनीमा उकलो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ५ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन। बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.