नेप्से परिसूचक ११.८१ अंकले घट्यो, २ अर्ब १५ करोडको कारोबार
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७२ अङ्कले घटेर ३८१.३२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १५ करोड ३५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा नबिल बैंक अग्रिम स्थानमा छ। यसको आज ८ करोड ८५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा रिडी पावर कम्पनी र तेस्रोमा अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ बाट उपसुचकमा ५ बाट उपसुचक बढेको छ भने बाँकि सबै उपसूचक घटेको छ। आजको कारोबारमा सेन्ट्रल फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, महुली लघुवित्त र अजोड इन्स्योरेन्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment