तीन बैंकसहित चार कम्पनीको सेयरमा मूल्य समायोजन, कुनको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। मूल्य समायोजन हुनेमा नेपाल बैंक, प्राइम कमर्सियल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी रहेका छन्।
नेपाल बैंकको २ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ २ सय ८० रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ। यस्तै, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय २० रुपैयाँ १ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ।
यता, मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६४ रुपैयाँ ९३ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टको ५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ १ सय ७७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ।







डिसी नेपाल







Facebook Comment