प्रुडेन्सियल इन्स्याेरेन्सले गर्यो लाभांश दिने घोषणा
काठमाडौँ। प्रुडेन्सियल इन्स्याेरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। यसकासाथै, बोनसमा लाग्ने कर तिर्न ०.३४२ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment