सिभिल बैंकसहित ५ कम्पनीको सेयरमा मूल्य समायोजन, कुनको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५ कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। मूल्य समायोजन हुनेमा सिभिल बैंक, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स, पोखरा फाइनान्स र आइसीएफसी फाइनान्स रहेका छन्।
सिभिल बैंकको ५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ २ सय ३८ रुपैयाँ १० पैसा निर्धारण गरेको छ। सीवाईसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ९ सय २९ रुपैयाँ २३ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ।
यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स २.४ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय २९ रुपैयाँ १ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। पोखरा फाइनान्सको ४ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ७३ रुपैयाँ ०८ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ।
यता, आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ४ सय ४५ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ।







डिसी नेपाल







Facebook Comment