कर्णालीमा माओवादीले पुरानालाई मन्त्रीमा नल्याउने

डिसी नेपाल
२९ पुष २०७९ १०:१९
316
Shares

सुर्खेत। माओवादी केन्द्रले पुरानालाई यो पटक मन्त्री नबनाउने भएको छ। प्रदेश इन्चार्ज कालीबहादुर मल्लले दिएको जानकारीअनुसार पुराना कसैलाई पनि मन्त्री नबनाउने निर्णय भएको छ।

माओवादीबाट डोल्पाका वीरबहादुर र सुर्खेतका विन्धमान विष्ट प्रदेशसभामा दोहोरिएका छन्।

नयाँलाई मात्र मन्त्री बनाउने माओवादीभित्र सहमति भइसकेको छ। बिहीबार मात्र माओवादीबाट मुगुका मंगलबहादुर शाहीले विना विभागीय मन्त्रीको रुपमा मात्र शपथ लिएका छन्।

मन्त्रिमण्डल विस्तारका लागि छलफल जारी रहेको छ। कर्णालीमा एमाले र माओवादीबीच आधा आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *