माथिल्लो त्रिशूली-३ ए का ११ जना कर्मचारी सम्पर्कमा

डिसी नेपाल
१२ भदौ २०८३ १६:२४

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा रहेको माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा रहेको जनाएको छ।

प्राधिकरणका अनुसार सम्पर्कमा रहेका कर्मचारीहरूमा सञ्जोगकुमार केसी, मोहन ज्ञवाली, रविन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी रहेका छन्।

प्राधिकरणले उनीहरूको अवस्था सुरक्षित रहेको जानकारी दिएको छ। मोहन ज्ञवाली भने सेती फेवामा कार्यरत रहेको प्राधिकरणले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *