राष्ट्रपति भण्डारी काभ्रेमा (तस्बिरहरु)
बनेपा। राष्ट्रपति विद्यादेवी भण्डारी आज काभ्रेपलाञ्चोकको बनेपा आएकी छन्।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ४ नालास्थित महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले निर्माण गरेको दश अवतारसहितको ब्रम्हाको प्रतिमा उद्घाटन गर्न शनिबार बनेपा आईपुगेकी राष्ट्रपति भण्डारीलाई समाजका अध्यक्ष पुरुषोत्तम सापकोटा र प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले स्वागत गरेका थिए।
समाजले निर्माण गरेको दश अवतारसहितको ब्रम्हाको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले मूर्तिमा पञ्चामृत स्नानसमेत गरेकी थिइन्।






तस्बिरः पेमा लामा, रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment