संसदको पूर्णकार्यकालका लागि सरकारलाई विश्वासमो मत दियौं : नेता गुरुङ
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले संसदलाई पूर्णकार्यकाल टिकाउन प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको दाबी गरेका छन्।
महत्वकांक्षामा आधारित बनेको गठबन्धन धेरै दिन नटिक्ने दाबी गर्दै गुरुङले यो गठबन्धन कुनै पनि बेला भत्किने र त्यस्तो अवस्थामा अन्य दलको विश्वासको मत लिएर सरकार बनाउन सक्ने अवस्थालाई जीवित राख्न विश्वासको मत दिएको दाबी गरेका हुन्।
विभिन्न वहानामा प्रधानमन्त्रीलाई संसद विघटन गर्न बाध्य हुनु नपारोस भनेर कांग्रेसले विश्वासको मत दिएको बताए। डिसी नेपालको प्रस्तुती द बृज टकमा अर्जुन दाहालसँग कुरा गर्दै नेता गुरुङले राजनीतिक स्थिरता, आर्थिक अवस्था मजबुद र प्रधानमन्त्रीमाथि कुनै एक व्यक्तिको अनावश्यक हस्तक्षेप नहोस भन्नका लागि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको उनले जिकिर गरे।
उनले सरकारलाई विश्वासको मत दिएपनि कांग्रेस प्रतिपक्षमा नै बस्ने बताए। गुरुङले ०५१ सालको उदाहरण दिँदै त्यो बेला पनि एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बसेको उनको बनाइ थियो।
उनले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न नपाउने भन्ने कुरा संविधानमा कतै पनि उल्लेख नभएको भन्दै नैतिक रुपमा पनि कुनै संकोच मान्नु पर्ने विषय नभएको उनको जिकिर छ।
भिडियो संसाद







डिसी नेपाल







Facebook Comment