जहाज दुर्घटनाको विवरण बुझ्न गृहमन्त्री पनि त्रिभुवन विमानस्थलमा
काठमाडौं। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रवि लामिछानेसहित त्रिभुवन विमानस्थल पुगेका छन्।
चालक दलका चार सदस्यसहित ७२ जना यात्रु बोकेको जहाज पोखरामा दुर्घटनाग्रस्त भएपछि दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने त्रिभुवन विमानस्थल पुगेका हुन्।

प्रदुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।
दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ।
विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । घटनास्थलमा उद्धार कार्य जारी छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो।








डिसी नेपाल







Facebook Comment