रसुवामा हाइड्रोको सुरुङमा फसेका दुई जनाको नेपाली सेनाबाट उद्धार
काठमाडौं। त्रिशूली-१ जलविद्युत् आयोजनामा फसेका दुई कर्मचारीको नेपाली सेनाले आज बिहान उद्धार गरेको छ।
सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन। उनीहरूको खोजी तथा उद्धारका लागि सेनाको टोली निरन्तर परिचालन भइरहेको छ।
सुरुङभित्रको अवस्था निकै कठिन रहे पनि नेपाली सेनाले आवश्यक प्राविधिक उपकरण तथा विशेष तालिमप्राप्त उद्धार टोली परिचालन गरेको छ। बाँकी रहेका व्यक्तिको खोजी गरी सकुशल उद्धार गर्ने प्रयास जारी रहेको सेनाले जनाएको छ।
त्यस्तै, त्रिशूली–३ ‘ए’मा फसेका हाइड्रो इन्जिनियरसहित ३५ जनाको टोलीको अझै उद्धार गरिएको छैन भने उनीहरूको छिटो उद्धारको पर्खाइमा छन्।
सुरुङभित्र अक्सिजनको अभाव हुने हुँदा जोखिम थप बढेको छ भने विद्युत् आयोजनाको सुरुङमार्गको प्रवेशद्वार पुरिएकाले उनीहरुको उद्धारमा कठिनाई भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment