पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान
काठमाडौँ। युवा पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिएको छ। शनिबार (माघ ७) मा सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा पत्रकार चापागाईंलाई नगद रु. १० हजार राशिसहित कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा वलीले उक्त सम्मान प्रदान गरे।
बिगत एकदशक देखी पत्रकारितामा सक्रिए चापागाईं बिशेषगरी कला पत्रकारितामा कलम चलाउने गर्छन्। गृह जिल्ला नवलपरासी पुर्वबाट पत्रकारिता सुरु गरेका चापागाईं पछिल्लो समय काठमाडौंमा रहेर नेपाली कला, भाषा, संस्कृति,
फिल्म, गीतसंगीतको बिषयमा समाचार लेखनसँगै भिडियो अन्तर्वार्तामा सक्रिए देखिन्छन्।
उनी राष्ट्रिय दैनिक हिमालय टाइम्स दैनिक हुँदै अहिले आर्टिष्ट खबर डटकममा आबद्ध छन्। पत्रकार चापागाईंले यसअघि पनि ओएस नेपाल म्युजिक अवार्ड २०७५, ज्योती फिल्मस् म्युजिक अवार्ड २०७७, बक्स अफिस म्युजिक अवार्ड २०२२ बाट पनि युवा पत्रकार सम्मान पाइसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment